शैक्षिक वेथिति नेताहरुको सामुहिक असफलता : गगन थापा

तुलसीपुर, वैशाख २८ । नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षा क्षेत्रमा व्याप्त वेथिति नेताहरुको सामुहिक असफलता भएको वताए । नेताहरुले शिक्षालाई प्राथमिकतामा राखेर काम नगरेका कारण धरासायी अवस्थामा पुगेको उनको भनाई थियो । प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले शैक्षिक वेथिति अन्त्य नगर्दा सम्म मुलुक समृद्ध हुन नसक्ने दावी गरेका थिए । समृद्धि र समाज अवसरका लागि अहिलेको शैक्षिक अवस्थामा सुधार ल्याउनुको विकल्प नरहेको बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले शनिवार आयोजना गरेको वर्तमान शिक्षाको अवस्था र यसको परिवर्तन विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै थापाले यस्तो बताएका हुन् । साथै उनले सरकारले स्थानीय तहको अधिकार खोस्दै लगेको प्रति आपत्ति जनाएका छन् ।
कार्यक्रममा शिक्षाविद् केदार शर्माले शिक्षकहरु राजनीतिमा लिप्त भएका कारण शिक्षाको अवस्था विग्रदै गएको वताए । शिक्षा जस्तो सेवापूर्ण कुरामा राजनीति भएको प्रति उनको गुनासो थियो । कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया