बर्थ डिफेक्ट न्यनीकरण गर्न अभिमुखीकरण कार्यक्रम

दाङ, १६ बैशाख । राप्ती गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा बर्थ डिफेक्ट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बर्थ डिफेक्ट अर्थात जन्म दोष भन्नाले वालबालीकामा संरचनात्मक वा कार्यात्मक जन्म दोषहरु मुटु सम्वन्धि समस्या, तालु फाटेको, तालु फाटेको, ग्यास्टोसियासिस हुने , विकासात्मक जन्म दोषहरु आम्फ्यालोसील र मुत्र तथा मलद्धारको समस्या हाईपोसपाडियस,टाउको मेरुडण्ड वा ढाडमा समस्या लगाएतका विभिन्न शारीरीक समस्या देखीने हुन्छ ।
यस्तो समस्याबाट बच्नका लागी समयमै विबाहित तथा बच्चा जन्माउन चाहनेले स्वास्थ्य कर्मीको सल्लाह अनुसार महिला गर्भवति हुनुपुर्व फोलीक एसीड र गर्भवति भएकाले नियमीत आईरन चक्की खानुपर्ने, समय समयमा गर्भ परिक्षण गर्नुपर्ने, पोषिलो खाना खानुपर्ने, अफ्ठेरो काम गर्न नहुने पालीका स्तरिय अभिमुखीकरण कार्यक्रमकी प्रशिक्षक रेणु श्रेष्ठले बताउनु भएको छ ।
शाखा संयोजक विद्याशरण चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु तारा बहादुर डिसी, जगत बहादुर थापा, चन्दर चौधरी, विष्णु बहादुर घर्ति क्षेत्रि, गोवर्धन रावत, बेद प्रसाद चौधरी, गोकर्ण बहादुर राना मगरको सहभागिता रहेको थियो ।
राप्ती गाउँकार्यपालिका सदस्यहरुलाई बर्थ डिफेक्ट सम्वन्धि पालीका स्तरिय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य चौकी सिसहनिया, भालुवाङ, स्वास्थ्य ईकाईहरुका स्वास्थ्य कर्मीहरुद्धार नब दम्पतिहरुलाई नियमीत रुपमा परामर्श गरिदै आईएको र जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा नागरिकहरुलाई सजक गरिदिन स्वास्थ्य शाखा संयोजक नारायण राउतले अनुरोध गर्नुभएको छ । कार्यक्रममा राप्ती गाउँकार्यपालिका सदस्यहरुहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया