२०८३ भाद्र २४ गते बुधवार

आज र भोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै

दाङ, ६ बैशाख । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत भिटामिन ए कार्यक्रम सहजीकरण गर्न सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।यता तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले पनि तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा बुथ राखेर भिटामिन ए र जुकाको औषधी खुवाउन लागीएको जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।