विप्लब नेतृत्व नेकपाद्धारा बन्द आह्वान

दाङ, ४ बैशाख । नेपाल सरकारद्धारा प्रतिवन्धित लगाईएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले पुर्व घोषित कार्यक्रम अन्र्तगत विहिवार नेपाल बन्दको आह्वान गरिएको छ । सरकारले आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धका विरुद्ध सशक्त रुपमा प्रतिरोध गर्ने भन्दै पार्टीले देशव्यापी रुपमा विहिवार बन्द आह्वान गरेको छ ।
राजनीतिक संगठनको काममा गरिएको बन्देज, जनताको घर खानतलासी गर्ने, धरपकड, गिरफ्तारी, झुट्टा मुद्दा लगाउने जस्ता राज्य आतंक लगायतका फासीवादी कदमका विरुद्ध भन्दै बन्दको आह्वान गरिएको पार्टीले जनाएको छ । यता दाङमा भने विप्लव पाटीले आह्वान गरेको बन्दलाई मध्यनजर गदै जिल्ला सुरक्षालाई थप व्यवस्थित बनाएको दाङ प्रहरीले बताएको छ ।

कहिकतै अप्रिय घटना हुन नदिन सुरक्षालाई मध्यनजर गदै प्रहरी परिचालन तथा तयारी अवस्थामा राखीएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताएका छन् । यस्तै विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी सल्यान जिल्ला समितीले एक विज्ञप्ती जारी गदै बन्द सफल पार्न आह्वान गरेको छ ।सो पार्टीका जिल्ला सेक्रेटरी महेन्द्रले एक विज्ञप्ती जारी गदै सल्यानमा आफ्ना पार्टीका ३ जना कार्यकर्तालाई झुट्टा मुद्दा लगाएर हिरासतमा राखिएको आरोप लगाएका छन् । पार्टीले यातायात,शैक्षिक संस्था, उद्योग,ब्यवसायी, कलकारखाना र निर्माण व्यवसायीहरु बन्द गरी सहयोग गरिदिन सवैमा अपिल समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ४ गते बुधवार
प्रतिक्रिया