ओठ तथा तालु फाटेका ८२ जनाको निशुल्क शल्यक्रिया

तुलसीपुर, २७ चैत्र । ओठ तथा तालु फाटेका ८२ जनाको निशुल्क शल्यक्रिया गरीएको छ ।तुलसीपुर, नेपालगन्ज, बुटवल र काठमाडौमा उनीहरुको शल्यक्रिया भएको अपाङग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कडेलले जानकारी दिएका छन् । केहि दिन अघि अपाङग समाज सुधार केन्द्रको आयोजना एवं कल्याणकारी अपाङग सेवा संघ सल्यानको सहआयोजना तथा किर्तिपुर मोडेल अस्पताल र राप्ती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सन्चालन गरिएको निशुल्क प्लाष्टिक सर्जरी शिविरबाट छनौटमा परेका र शिविरबाट जिल्ला बाहिर रिफर गरिएका सवैको हाल सम्म शल्यक्रिया भईसकेको अध्यक्ष कडेलले जानकारी दिएका छन् ।
उनका अनुसार तुलसीपुरमा सन्चालन गरिएको शिविरबाट ३२ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै जटिल प्रकृतिका नेपालगन्ज रिफर भएका ४३ , बुटवल रिफर गरिएका १ र काठमाडौ रिफर गरिएका ३ जनाको पनि शल्यक्रिया भईसकेको छ । यस्तै अन्य तिन जनाको पनि शल्यक्रिया गर्ने तयारी भईरहेको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २७ गते बुधवार
प्रतिक्रिया