२०८३ भाद्र २४ गते बुधवार

विप्लवलाई प्रधानमन्त्रीको दुई हप्ते अल्टिमेटम

११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका छन् । चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने ओलीले प्रष्ट पारेका छन् । सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए । प्रधानमन्त्री ओलीले मूलधारमा आउने मौका नछाड्न आग्रह गर्दै विप्लवलाई भनेका छन्, नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।
प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।