२०८३ साउन ११ गते सोमवार

भोली शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने

तुलसीपुर, ८ चैत । घोराही, तुलसीपुर,सल्यान र पुर्व रुकुम क्षेत्रमा भोली दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही–घोराही १३२ के.भी प्रसारण लाईन आयोजना, झिङ्नी दाङ अन्र्तगतको लमही १३२÷३३ के.भी. सवस्टेशन देखि निर्माणाधीन घोराही(झिङ्नी) १३२÷३३ के.भी. सवस्टेशन सम्म १३२ के.भी. प्रशारण लाईनको तार तान्ने कार्य भईरहेको भन्दै भोली शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ ।
तुलसीपुर वितरण केन्द्रले शुक्रवार एक सुचना जारी गदै यस्तो जानकारी दिएको हो । भोली विहान ८ बजेदेखी बेलुका ५ वजेसम्म विद्युत सेवा अवरुद्ध हुने केन्द्र प्रमुख दिपकजंग चौधरीले जानकारी दिएका छन् ।उनका अनुसार पश्चिम दाङको च्याँटीखोला सबस्टेशनबाट प्रसारण हुने पुरन्धारा, हंशपुर,बाघमारे,रगैचा,दोघरे,बेलुवा लगायत तुलसीपुर पातुखोला देखि पश्चिमका क्षेत्रहरुमा भने विद्युत सेवा अवरुद्ध हुने छैन ।

प्रकाशित मिति : २०७५ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया