तुलसीपुर २४ फागुन
जिल्ला प्रहरी कार्यालय दाङले बलात्कार गरेको आरोपमा दुइ बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १० चारबगिया वस्ने १३ बर्षका बालक र रुण्टीगढी गाउँपालिका १ रोल्पा वस्ने वर्ष १८ को यूवराज राना रहेको जिल्ला प्रहरी कार्यालय दाङका .रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । प्रहरीले नाम नखुलाएका बालकले १० बर्षीया र रानाले १४ बर्षकी बालिकालाई बलात्कार गरेको पिडितका बुबाले प्रहरीमा उजुरी दिएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार






