लागु औषध मुद्धामा फरार एक व्यक्ति १४ वर्ष पछि पक्राउ

तुलसीपुर, २० फागुण । लागु औषध (चरेस) मुद्धामा फरार एक व्यक्ति १४ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान कुमाख गाउँपालिका वडा नम्वर १ घर हाल पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा नम्वर १ बस्ने ५० बर्षिय पुर्ण बहाद्ुर वुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्ला अदालत बाँकेले बुढाथोकी विरुद्ध २०६१ साल पौष २६ गते दुई वर्ष दुई महिना एघार दिन कैद र प्रन्ध हजार जरिवाना र सोहि अदालतले २०६५ पौष २० गते गरेको फैसला अनुसार एक वर्ष दश महिना पच्चीस दिन कैद गरी जम्मा चार वर्ष एक महिना छ दिन कैद र प्रन्ध हजार जरिवानाको फैसला गरेको थियो । उनलाई लुकीछिपी बसेको अवस्थामा यहि फागनु १८ गते पक्राउ गरी आईतवार कारागार कार्यालय सल्यान पठाईएको जिल्ला प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन २० गते सोमवार
प्रतिक्रिया