२०८३ भाद्र २४ गते बुधवार

नेकपाका नेता अधिकारी बाँच्ने सम्भावना झिनो : चिक्त्सिक

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेको चिकित्सकहरुले बताएका छन् ।अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको छ । तीन सातादेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचारार्थ अधिकारीको महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरुले बताएका छन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजको अवस्थाअनुसार उहाँका सम्पूर्ण महत्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गएको देखिन्छ र उहाँलाई कृत्रिम स्वाशप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ, २४ घन्टादेखि पिसाब भएको छैन । अधिकारीलाई बचाउन अन्तिम प्रयास गरिरहेका छौँ । उहाँलाई सजिलो बनाउने उपचारहरु पनि गरिरहेका छौँ ।’
प्रकाशित मिति : २०७५ फाल्गुन १८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।