२०८३ भाद्र २४ गते बुधवार

लम्बियाे हिउँदे झरी, तीन दिनसम्म माैसम नखुल्ने

काठमाडाैँ । आज देशभरिकै माैसममा एकाएक बदली अाएर केही ठाउँमा वर्षा भइरहेकाे छ । काठमाडाैँमा रातिदेखि बादल भरिएर बिहानैदेखि हल्का वर्षा भएकाे छ । माैसम धुम्मिएर बिहान काठमाडाैँ शहर अँध्याराे नै देखिएकाे छ । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी भेगका केही स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जनसहितको हल्का वर्षा तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे महाशाखाकाे भनाइ छ । यसैगरी भाेलि बुधबार देशको पश्चिमी भेगमा आंशिक बदली हुने र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । भाेलि पनि हल्का झरी पर्ने सम्भावना कायमै छ । साथै उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाकाे अनुमान छ । महाशाखाका अनुसार, बिहीबार भने मुलुककाे पश्चिमि भेगमा सामान्य बदली हुने र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ । बिहीबार पनि पश्चिमी भेगमा छिटफुट र पूर्वी भेगका अधिका‌ंश ठाउँमा हल्का वर्षा हुनेछ ।
प्रकाशित मिति : २०७५ फाल्गुन ७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।