काठमाडाैँ ।
आज देशभरिकै माैसममा एकाएक बदली अाएर केही ठाउँमा वर्षा भइरहेकाे छ । काठमाडाैँमा रातिदेखि बादल भरिएर बिहानैदेखि हल्का वर्षा भएकाे छ । माैसम धुम्मिएर बिहान काठमाडाैँ शहर अँध्याराे नै देखिएकाे छ । आज देशको मध्य र पश्चिमी भू-भागलगायत पूर्वी पहाडी भेगहरुमा आंशिक बदली हुँदै हल्का वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पश्चिमी भेगका केही स्थानहरुमा र पूर्वी र मध्य पहाडि भेगका थोरै स्थानमा मेघगर्जनसहितको हल्का वर्षा तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे महाशाखाकाे भनाइ छ । यसैगरी भाेलि बुधबार देशको पश्चिमी भेगमा आंशिक बदली हुने र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । भाेलि पनि हल्का झरी पर्ने सम्भावना कायमै छ ।
साथै उच्च पहाडी र हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाकाे अनुमान छ । महाशाखाका अनुसार, बिहीबार भने मुलुककाे पश्चिमि भेगमा सामान्य बदली हुने र पूर्वी भेगमा सामान्य देखि आंशिक बदलि रहनेछ । बिहीबार पनि पश्चिमी भेगमा छिटफुट र पूर्वी भेगका अधिकांश ठाउँमा हल्का वर्षा हुनेछ ।