फोटो फाईल
काठमाण्डौ, ६ भदौ । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक सपिङ मलमा रुसले ड्रोन आक्रमण गरेको छ ।दुई चरणमा भएको ड्रोन आक्रमणबाट कम्तीमा १६ जनाको ज्यान गएको क्रिभी रिह शहरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आक्रमणमा २३ बालबालिकासहित १३० जना घाइते भएका छन् ।
घाइतेमध्ये २९ जनाको अवस्था गम्भीर रहेको र भग्नावशेषमा अझै केही मानिस फसेको आशंका गरिएको छ । उनीहरुको खोजी भैरहेको छ ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको पछिल्लो आक्रमण निक्कै निन्दनीय रहेको बताउनुभएको छ । तर रुसी पक्षले हिजो भएको यो आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार





