२०८३ साउन १५ गते शुक्रवार

पाकिस्तानको हिमपहिरोमा परी पाँच नेपाली सहित १० जना वेपत्ता मध्ये चार जनाको शव फेला

फोटो फाईल

काठमाण्डौ, १५ साउन । उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएका मध्ये चार जनाको शव फेला परेको अन्र्तराष्ट्रिय संचार माध्यमले खवर लेखेका छन् । पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले गएराति निकाल्नुभएको विज्ञप्ति अनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको हो ।

टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एशोसिएटेट प्रेसले जनाएको छ । ती बेपत्ता भएको स्थानमा ४ जनाको शव भेटिएको छ । फेला परेका शवहरूको पहिचान अझै हुन सकेको छैन् । पाकिस्तानमा रहेको विश्वकै १२ औँ अग्लो हिमाल ‘ब्रोड पिक’ ९८,०४७ मिटर० मा हिमपहिरोमा परी बेपत्ता भएका अन्यको खोज तथा उद्धारकर्ता र आवश्यक सामग्रीसहित उद्धार हेलिकप्टरहरू ब्रोड पिकमा खटाइएको अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया