२०८३ असोज ३ गते शनिवार

बङ्गलादेशका पूर्वप्रधानमन्त्री हसिनाले भारतबाट सम्वोधन गर्ने तयारी

फोटो फाईल

काठमाण्डौ, १९ साउन। बङ्गलादेशले निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ । साथै बङ्गलादेशले भागेका व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

नयाँ दिल्लीमा ‘फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एशिया’ (एफसीसीएसए) ले आयोजना गर्ने अगस्ट ५ को कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बङ्गलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो ।एफसीसीएसएले जनाएअनुसार ७८ वर्षीया हसिनाले आफ्ना छोरा सजिब वाजेद जोय र अन्य वक्ताहरूसँगै भिडियो लिङ्कमार्फत नयाँ दिल्लीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनका कारण बङ्गलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बङ्गलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चामा आएको हो । आफूविरुद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बङ्गलादेश फर्कने योजना रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।