काठमाण्डौ,१९
चलचित्र ‘गाजलु’ निर्माण गरेका निर्माता रोहित अधिकारीले अब दोश्रो चलचित्र बनाउने भएका छन् । रोहित अधिकारी फिल्मस्ले दोश्रो प्रोजेक्टका रुपमा ‘ब्रेकअप’ नाम राखेर नयाँ चलचित्र बनाउन लागेको हो । भदौबाट छायांकनमा जाने चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ । चलचित्र फागुण २ गतेबाट रिलिज हुने घोषणा पनि गरिएको छ । निर्माता अधिकारीले यो चलचित्रलाई पनि लभ स्टोरी कथामा बनाउन लागेको बताए ।
चलचित्रलाई ‘गाजलु’का निर्देशक हेमराज बीसीले नै यो चलचित्रलाई निर्देशन गर्दैछन् । यो चलचित्रका लागि रोहितले हेमराजलाइ मोटो पारिश्रमिक दिएको चर्चा पनि छ । रोहित फिल्म र ह्याप्पी प्लानेटले संयुक्त रुपमा यो चलचित्र बनाउन लागेका हुन् । चलचित्रका लागि कलाकार पक्का गरिएको छैन ।
प्रकाशित मिति : २०७३ चैत्र १९ गते शनिवार