दाङ, २९ बैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न भएको सातौं राष्ट्रिय महाधिवेशनबाट दाङका दुई जना निर्विरोध निर्वाचित भएका छन् । राप्ती मालबाहक यातायात प्रालिका अध्यक्ष भुवन भुसाल महासंघको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो । यस्तै अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत महासंघको लुम्बिनी प्रदेश सचिवमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
विगत लामो समय देखी यातायात क्षेत्रमा सक्रिय रहनु भएका भुसाल र बस्नेतले यातायात क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण र संगठनलाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेल्दै आउनु भएको छ । साथै महासंघको प्रतिनिधित्वका रुपमा भुसाल र प्रदेश सचिवका रुपमा बस्नेतले यातायात व्यवसायीको हकहितको क्षेत्रमा अझ शसक्त भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


















