२०८३ जेष्ठ १२ गते मङ्गलवार

आज पनि लुम्बिनीको तराई भागमा उच्च गर्मी

काठमाण्डौ, १२ जेठ ।  गएराति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ । गएको १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ५७ मिलिमिटर वर्षा मापन भएको छ । पानी पर्नुअघि हिजो देशैभर गर्मी अत्यधिक बढेको थियो । हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा पनि माथि पुगेको थियो ।

लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया