२०८३ असार १३ गते शनिवार

तुलसीपुरमा ७ वर्षीय बालकलाई विषालु सर्पले डस्यो, अवस्था गम्भीर

तुलसीपुर, १३ असार । दाङको तुलसीपुरमा ७ वर्षीय एक बालकलाई विषालु सर्पले डसेको छ । तुलसीपुर उपमहानबगरपालिका–६ निवासी कृष्ण भण्डारीका ७ वर्षीय छोरा अनुज भण्डारी आफ्नी फुपू प्रेमा खत्रीको घर (तुलसीपुर–१५) मा बसिरहेको बेला आज बिहान ७ बजेको समयमा एक्कासी बिरामी परेका थिए ।

उहाँलाई सुरुमा उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको थियो । अस्पतालमा चिकित्सकले परीक्षण गर्दा बालकको हातमा विषालु सर्पले डसेको हुन सक्ने आशंका गरेपछि थप उपचारका लागि राप्ती लाइफ केयर हस्पिटल, तुलसीपुरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अहिले बालकको उपचार जारी रहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिवार
प्रतिक्रिया