सल्यान, १० कात्तिक । सल्यानमा भरुवा बन्दुक सहित एकजना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) नेत्र बहादुर रानाको कमाण्डमा खटिएको टोलीले रोकाको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला पारेको हो ।
प्रहरीका अनुसार रोकाले घरको पूर्वतर्फ रहेको बाँसको झ्याङभित्र सुकेको स्याउलाले छोपेर बन्दुक लुकाएको अवस्थामा भेटिएको थियो । फेला पारिएको बन्दुकसहित रोकालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय देवस्थलमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार


