
दाङको तुलसीपुरबाट प्रशारण हुँदै आएको नेपालकै पहिलो वातावरणमैत्री सामुदायिक रेडियो प्रकृति एफएम ९३.४ मेगाहर्ज १६ औँ वर्षमा प्रवेश गरेको छ । रेडियो प्रकृति असोज २२ गते १५ बर्ष पुरा गरी १६ औँ बर्षमा प्रवेश गरेको हो । प्राकृतिक श्रोत व्यवस्थापन समाजद्धारा संचालित रेडियो प्रकृति एफएमले २०६७ असोज २२ गतेबाट तुलसीपुरको सल्यान रोडबाट आफ्नो प्रशारण यात्रा सुरु गरेको थियो ।
रेडियोले स्थापनाकाल देखि वन, वातावण र प्रकृति संरक्षणका मुद्दालाई मुख्य प्राथमिकता दिदै आएको छ । ५ सय वाट क्षेमता रहेको रेडियो प्रकृति एफएमले समाचार, बहस, सूचना, मनोरञ्जन लगायतका विविध कार्यक्रम प्रसारण गर्दै आइरहेको रेडियोका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्ना उत्पादन र प्रसारण सामग्रीमा यस रेडियोले विशेष गरी वन वातावरणका सवालहरुलाई उठाउँदै आएको छ । रेडियो दैनिक विहान पाँच बजेदेखी राती ९ बजेसम्म नियमित प्रशारण हँुदै आएको छ ।
यसैबिच रेडियो प्रकृति एफएम संचालक समितिका अध्यक्ष नारायण खनालले रेडियो प्रकृतिलाई यहाँसम्म ल्याइपु¥याउन महत्पूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ । सम्पूर्ण श्रोता, विज्ञापनदाता, उद्योगी, व्यवसायी, राजनीतिक दल, सामाजिक अभियान्ता लगायत सबैको, सहयोग, सद्भाव र मायाले रेडियो प्रकृति यो ठाउँमा आइपुगेको उहाँले बताउनुभयो । आगामी दिनम निरन्तर साथ र सहयोगको अपेक्षा रेडियोले राखेको छ।।
यसैबिच रेडियो प्रकृति एफएम आजबाट १५ बर्ष पुरा गरी १६ बर्षमा प्रवेश गरेको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले शुभकमना सन्देशमार्फत रेडियोले प्रवाह गर्दै आएको सुचना तथा सामग्रीहरुमार्फत वन वातारवरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । आगामी दिनमा अझै नागरिकहरुलाई सुचनामा सूसुचित गर्नेछ भन्ने पनि उहाँले कामना गर्नु भएको छ ।
यस्तै दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले रेडियोको १५ औँ वार्षिकोत्सवको अवसरका शुधकमना व्यक्त गर्नु भएको छ ।।