२०८३ भाद्र १३ गते शनिवार

तुलसीपुरको दमारगाउँमा रुखबाट खसेर महिला घाइते

तुलसीपुर,४साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक महिला घाइते भएकी छिन । घर नजिकै रहेको जनकल्याण सामुदायिक वनमा घाँस काट्ने क्रममा ४० वर्षीया गायत्री भण्डारी दिउँसो २ बजे रुखबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

भण्डारीको ढाडमा चोट लागेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएकोे छ ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।