२०८३ भाद्र १३ गते शनिवार

पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको मृत्यु

अर्घाखाँची, ३२ असार ।  अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । गोबिन्द र श्यामकलाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।