२०८३ भाद्र १३ गते शनिवार

दाङमा ३ वर्षमा सवारी दुर्घटनामा २३३ जनाको आकालमा ज्यान गयो 

घोराही, ३१ असार ।  दाङमा ३ वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २ सय बढीको  अकालमा ज्यान गएको छ । ७ सय ११ वटा विभिन्न सवारी दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको हो । त्यसैगरी दुर्घटनामा परेर ६ सय ३७ जना गम्भिर घाइते भएक थिए भने ५६३ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर दाङका ट्राफिक प्रमुख उपेन्द्र बहादुर बमले आर्थिक वर्ष २०७९र०८० मा १ सय ४८ , आव २०८०र०८१ मा २०३ र आर्थिक वर्ष २०८१र०८२ मा ३६० वटा सवारी दुर्घटना भएको जानकारी दिनुभयो ।

जसमध्ये सबै भन्दा धेरै  १ सय १ वटा सवारी दुर्घटना तुलसीपुरमा भएका छन् ।  घोराहीमा ८६, लमीमा ७४, राप्तीमा ४५, बबईमा ९, शान्तिनगरमा ८, बंगलाचुलीमा २१, गढवामा १९, राजपुमरा ३१ र दंगीशरणमा १३ वटा सवारी दुर्घटना भएका छन् । सबैभन्दा कम दुर्घटना हुने पालिकामा शान्तिनगर गाउँपालिका रहेको छ ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।