२०८३ भाद्र १४ गते आइतवार

दाङमा पौडी खेल्ने क्रममा बबई नदिमा डुबेर २ युवक बेपत्ता 

दाङ, ३० असार ।  पश्चिम दाङमा बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुलसीपुर उपमहानगरपालिका– ७ झुमरे निवासी १७ वर्षका विधान केसी र तुलसीपुर –६ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षका कुशल बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो । बबई गाउँपालिका –५ छहरा नजिकै बबई नदिमा नुहाउने क्रममा दिउसो साढे २ बजे दुई युवक डुबेर बेपत्ता भएका थिए । उनीहरूको खोजी कार्य जारी रहेको छ । 
प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।