तुलसीपुर,२२ असार । तुलसीपुर उपमहानगरपालिकाले पालिकाभित्रका किसानहरूलाई विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले आम्रपाली,दशहरी आप, लिची,अम्बा,अनार र कागतीका बिरुवा वितरण गरेको हो । नगरप्रमुख टीकाराम खड्काले किसानहरुलाई फलफूलका बिरुवा वितरण गर्नुभएको हो ।
फलफूलका बिरुवा वितरण गर्दै नगरप्रमुख टीकाराम खड्काले पालिकालाई फलफूल खेतीमाआत्मनिर्भर बनाउनका लागि फलफूलका बिरुवाकिसानहरुलाई वितरण गरिएको बताउनुभयो । कृषि शाखाका प्रमुख कुलराज चौधरीका अनुसार पालिकाभित्र आप एक सय ४१ हेक्टर,केरा ८३ हेक्टर, अम्बा १२ हेक्टर र कागती १० हेक्टर क्षेत्रफलमा उत्पादन भइरहेको छ । किसानहरुलाई आम्रपाली २९सय,दशहरी दुई सय, लिची दुई हजार, अम्बा नौ सय, अनार १५ सय र कागती १२ सयबिरुवा वितरण गरिएको कृषि शाखाका प्रमुख कुलराज चौधरीले बताउनुभयो ।


















