२०८३ भाद्र १४ गते आइतवार

रुकुममा चट्याङ लागेर एक महिलाको मृत्यु

तुलसीपुर, ९ असार ।  रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हिजो आइतबार अपरान्ह साढे ४ बजेको समयमा विद्युत मिटरमा परेको चट्याङ लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङका कारण मिटरमासमेत क्षेती पुगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।