तुलसीपुर, ३ असार । पश्चिम दाङको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख बरिष्ठ सई दल बहादुर बुढामाथी छानबिन सुरु भएको छ । कार्यालय प्रमुखको रुपमा इप्रका हेकुलीमा गएको १ हप्तामै विभिन्न ठेकेदार र ट्याक्टर व्यवसायीहरुसँग रकम असुली गरेको आरोप लागेपछी उनीमाथी छानबिन सुरु भएको हो । ट्याक्टर व्यवसायीहरुलाई बारम्बार फोन सम्पर्क गरी भेट्न बोलाउने र उनीहरुबाट पैसा लिएर अबैध कृयाकलाप (नदिजन्य पदार्थ ओसार पसार) मा छुट दिने गरेको प्रमाणसहित तुलसीपुर खबरलगाएतका विभिन्न सञ्चार माध्यमबाट जेठ ३० गते समाचार प्रकाशित भएको थियो । त्यसपछी जिल्ला प्रहरी कार्यालय दाङले उनीमाथी आवश्यक छानबिन गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरलाई निर्देशन दिएको हो । ट्याक्टर व्यवसायीबाट पैसा असुलेको आरोप लागेका सईमाथी छानबिन तथा अनुसन्धान गरी प्रतिबेदन बुझाउन इप्रका तुलसीपुरलाई निर्देशन दिएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार इप्रका हेकुली तुलसीपुर मातहत पर्ने भएकाले तुलसीपुरलाई नै छानबिन गर्न भनिएको हो । सोही प्रतिबेदनका आधारमा उनीमाथी आवश्यक कारबाही हुने एसपी तिमिल्सिनाले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख इन्स्पेक्टर सुर्य रानाले इप्रका हेकुलीका बरिष्ठ सई बुढामाथी छानबिन गर्न जिल्ला प्रहरी कार्यालय दाङबाट निर्देशनात्मक पत्र प्राप्त भएको जानकारी दिनुभयो । उनीमाथी लागेको आरोपका बारेमा सोधपुछ तथा अनुसन्धान भइरहेको उहाँले बताउनुभएको छ । बरिष्ठ सई बुढाले अतिरिक्त पैसा दिनेहरुलाई अबैध कृयाकलापमा पनी छुट दिने गरेको र पैसा नदिनेलाई अनावश्यक दुख दिने गरेको पाइएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।