तुलसीपुर, २ असार । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–४ घर भई अहिले तुलसीपुर–६ गाइडरमा फुपुसँग बस्दै आएका पोषराज केसीका छोरा ७ बर्षीय एलमान केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तिखौवा चोकबाट राप्ती बबई क्याम्पसतर्फ जादै गरेको रा १ त ४०९६ नम्बरको ट्याक्टरले गाइडरस्थित बाटोमा खेलिरहेको अवस्थामा गएराती ९ बजेको समयमा ठक्कर दिएको हो ।
ट्याक्टरको ठक्करबाट घाइते भएका बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । घाइते बालकको टाउकोमा चोट लागेको छ । बालकलाई ठक्कर दिएर फरार रहेको ट्याक्टरसहित चालक तुलसीपुर–३ दमारगाँउ निवासी ४० बर्षीय बिर बहादुर डाँगीलाई गएराती पौने ११ बजेको समयमा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।