२०८३ भाद्र १५ गते सोमवार

एक युवकद्वारा आफ्नै बुवा र छिमेकीको हत्या

काठमाण्डौ, २३ जेठ । नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी ७० वर्षीय नाधु धरिकारलाई पनि थारुले कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो । हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।