तुलसीपुर, २२ जेठ । दाङको तुलसीपुरमा करेन्ट लागेर एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा सल्यानको शिद्धकुमाख गाउँपालिका–१ घर भई अहिले तुलसीपुर–६ गुम्राहचोक नजिकै रहेको जय श्री मनकामना ग्रिल उद्योगमा कार्यरत ३६ बर्षीय गोबिन्द वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तुलसीपुरको हात्तिखौवा नजिकै रहेको हिरो सोरुमको ग्यारेज बनाउने क्रममा आज बिहान ११ बजेको समयमा ग्रिल मेसिनबाट उहाँको दाँया हातमा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी आइसियुमा राखी उपचार गर्नुपर्ने भएकाले राप्ती लाइफ केयर हस्पीटलमा रिफर गरिएको छ । घाइतेको अवस्था बेहास रहेको छ । घाइतेका आफन्तलाई खबर गरिएको र अहिले उपचारमा ग्रिल उद्योगका शाहु देव बहादुर पाण्डे संलग्न रहेको प्रहरीले जनाएको छ ।।






टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।