२०८३ भाद्र १४ गते आइतवार

एक महिनामा मात्रै गाडी दुर्घटनामा परेर दुई सय ४५ जनाको मृत्यु

काठमाण्डौ, १६ जेठ  । गएको वैशाख महिनामा दुई सय ४५ जनाले गाडी दुर्घटनामा परेर ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एक सय ८५ जना पुरुष, ४१ जना महिला, १३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् ।यसैगरी दुर्घटनामा परेर सात सय १९ जना गम्भीर घाइते भएका छन् । वैशाखमा चार हजार पाँच सय ६५ गाडी दुर्घटनामा परेका छन । तीन हजार ४९ ठाउँमा भएको दुर्घटनामा चार हजार पाँच ६५ गाडी संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।दुर्घटना हुने सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । वैशाखमा भएका कुल दुर्घटनामध्येमा दुई हजार पाँच सय ६६ मोटरसाइकल दुर्घटनामा परेका छन् ।।
प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।