२०८३ भाद्र १४ गते आइतवार

तुलसीपुर आउदै गरेको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु

सल्यान, ११ जेठ ।  दाङको तुलसीपुर–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा भएको जिप दुर्घटनमा परी घाइते भएका ९ जनामध्य एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएकी सल्यानको कपुरकोट गाउँपालिका–५ रिम निवासी ६२ बर्षीया भिमा बुढाको उपचारकै क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानको रिमबाट दाङको तुलसीपुरका लागि छुटेको लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भई हिजो दिउसो साढे १ बजेको समयमा दाङ–सल्यानको सिमानामा पर्ने लामिडाँडा नजिकै पल्टिएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका ६ जनामध्य भिमाको उपचारकै क्रममा नर्सीङ होममा गएराती १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

अन्य घाइतेहरु ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहराको अहिले उपचार भइरहेको छ । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको थियो । त्यसैगरी सामान्य घाइते भएका ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महतारा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछी घर गएका छन् । गाडी सडकबाट ४ मिटर तल खसेर दुर्घटना भएको थियो । जिप चालक कपुरकोट गाउँपालिका –५ निवासी ३७ वर्षीय ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।