२०८३ भाद्र १४ गते आइतवार

 सल्यानमा जिप दुर्घटना, ९ जना घाइते

सल्यान, ११ जेठ  । दाङको तुलसीपुर–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ लामीडाँडामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन ।  सल्यान रिमबाट दाङको तुलसीपुरका लागि छुटेको लु.१ ज.१६३७ नम्बरको जिप अनियन्त्रित भई दिउसो साढे १ बजे पल्टिएको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका कपुरकोट गाउँपालिका –५ निवासी  ६२ वर्षीया भीमा बुढा, ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहरालाई नेपालगञ्ज रिफर गरिएको छ ।

६ जना गम्भिर घाइतेलाई दिउसो ३ बजे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको हो । त्यसैगरी सामान्य घाइते ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महताराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडी सडकबाट ४ मिटर तल खसेको छ । जिपमा १२ जना सवार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनुभयो । जिप चालक कपुरकोट गाउँपालिका –५ निवासी ३७ वर्षीय ज्ञानबहादुर महतारालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।