
तुलसीपुर, २९ बैशाख । रुकुम पश्चिममा गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका(१० घर भई हाल दाङको तुल्सीपुरमा बस्दै आएका ५० वर्षीय नरबहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रहरीका अनुसार आज सोमबार दिउँसो रुकुम पश्चिमबाट दाङको तुलसीपुरतर्फ आउदै गरेको लु प्र ०२(००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी सानीभेरी गाउँपालिका १० तिमिलेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर उहाँको श्रीमती, माइली आमा र गाडी चालक घाइते भएका छन । गाडीमा चालकसहित चार जना मात्र रहेको बताइएको छ । वलि दम्पती कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम गएर फर्किने क्रममा तिमीलेमा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार तीव्र गतिमा रहेको गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ ।।
प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार