२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर, १३ बैशाख ।  दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उप–महानगरपालिका–१० का ५८ बर्षीय काली प्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमबाट काठमाडौँतर्फ जाँदै गरेको रा १ ख ३१८७ नम्बरको बसले गएराती घोराही–१० स्थित सडकमा पैदल हिडिरहेका चौधरीलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।