२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा मृत जन्मेकी शिशुलाई सेप्टी ट्याङ्कीमा फालेको आरोपमा आमा पक्राउ 

तुलसीपुर, १० बैशाखा मृत अवस्थामा जन्मेकी नवजात शिशुलाई ट्वाइलेटको सेप्टी ट्याङ्कीमा फालेको आरोपमा प्रहरीले दाङको शान्तिनगरबाट एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रोल्पाको गङ्गादेव गाउँपालिका– १ ओत घर भइ हाल शान्तिनगर गाउँपालिका –५ कासीपुरमा बस्दै आएकी २७ कि सरिता बिक रहेको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

गएको चैत्र २४ गते राति करिब साढे ११ बजे सरिताले नवजात शिशु (छोरी) मृत अवस्थामा जन्माइ प्लाष्टिकको बोराले बेरी घर देखि अन्दाजी १०० मिटर पश्चिम रहेको कच्ची ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र फालेको भन्दै प्रहरीलाई खबर आएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले महिलालाई यही बैशाख ७ गते बिहान १० बजे पक्राउ गरेको हो । 

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।