
तुलसीपुर, १० बैशाख । दाङको तुलसीपुरमा रहेको डिभाइन टेम्पल बोर्डीङ स्कुलको बसले ठक्कर दिदा स्कुटी चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–११ निवासी १७ बर्षीय कृष्ण वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ क ११२२ नम्बरको डिभाइन टेम्पलको विद्यार्थी बोकेको बसले तुलसीपुरबाट गोलौरातर्फ जादै गरेको रा ४ प १९५३ नम्बरको स्कुटीलाई तुलसीपुर–१० गोलौरा चोकमा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको उपचारमा विद्यालयका प्रिन्सिपल भोजराज न्यौपाने र दिदि बालिका वली संलग्न रहेको र ठक्कर दिने बससहित चालक तुलसीपुर–६ का ढुन्डिराज बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।