२०८३ कार्तिक ११ गते मङ्गलवार

बाबुआमाले रक्सी खाएर झगडा गर्दा चार महिने शिशुको मृत्यु

नवलपरासी, ९ बैशाख ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चार महिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उहाँकी श्रीमती कमला परियारले गएराति जाँड–रक्सी खाएर चार महिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिनुभयो ।

जाँड–रक्सी खाएका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयवासीले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा मृत्यु भएको डीएसपी नेपालले बताउनुभयो । शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले पक्राउ गरेको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।