तुलसीपुर, ९ बैशाख । नेपाल रेडक्रस सोसाइटी दाङका पूर्व सभापति नारायण आचार्यको हिन्दु संकार अनुसार आज अन्त्यष्टि गरिने भएको छ । बबईको शितलपुर घाटमा बिहान ११ बजे अन्त्येष्टि गरिने विनोद शर्माले तुलसीपुर खबरलाई जानकारी दिनुभयो । राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टम पश्चात स्वर्गीय आर्चाको पार्थिव शरिरलाई ११ बजे शितलपुर घाटमा लगिने शर्माले जानकारी दिनुभयो । आचार्यको हिजो दिउँसो आफ्नै घरमा १२ बोर बन्दुको गोली लागेर निधन भएको थियो । प्रहरीले उक्त घटनालाई सुसाइट भनेको छ ।
को हुन आचार्य ? तुलसीपुर उपमहानगरपालिका – ७ मोतिपुर निवासी नारायण आचार्य सामाजिक व्यक्तित्व हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी दाङमा उहाँले २६ वर्ष सभापति भएर निस्वार्थ भावनाले सामाजिक काममा महत्वपूर्ण योगदान गर्नुभएको छ । आर्थिक रूपले सम्पन्न परिवारका आचार्य राजनीतिक दृष्टिकोणले कम्युनिष्ट विचारधाराको हुनुहुन्थ्यो ।
नारायण आचार्य, दंगाली कम्युनिष्ट आन्दोलनका धरोहर र सामाजिक क्षेत्रका मूर्धन्य व्यक्तित्व रहेको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले बताउनुभयो । तत्कालीन चौम समूह दाङ जिल्ला सदस्य (वि.सं. २०२९), नेकपा (माले कोअर्डिनेशन केन्द्र) जिल्ला कमिटी सदस्य (वि.सं. २०३३) समेत भएर काम गरिसक्नुभएको छ ।
हाल उहाँ नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो । यसैबीच मेयर टिकाराम खडकाले एक शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनको खबरले स्तब्ध भएको बताउँदै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँका श्रीमती, एक छोरा र छोरी हुनुहुन्छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।