२०८३ कार्तिक ११ गते मङ्गलवार

 तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु

तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा गोली प्रहारबाट नारायण आचार्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिनुभयो ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।  आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गर्नुभएको थियो । प्रहरीलाई दिउसो २ बजे खबर पुगको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।