२०८३ कार्तिक ११ गते मङ्गलवार

ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

कालिकोट, ८ बैशाख ।  कालिकोटमा गएराति भएको ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । गएराति करिब १० बजे पलाँता गाउँपालिका २ लार्फा ठाँटीडाँडा स्थित भित्रि सडकखण्डमा थिर्पुबाट खिनतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । खाद्यान्न, खुद्रा सामान बोकेर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सडकदेखि करिब १ सय मिटर तल खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यु हुनेमा पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही, वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा, सोही वडाका २३ वर्षीया रविन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया रहेको कालीकोट प्रहरीले जनाएको छ । घटनास्थलमै चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।