२०८३ कार्तिक ११ गते मङ्गलवार

गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु

काठमाडौं, ८ बैशाख ।  पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको ललितपुर महानगरपालिका–१० निवासी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले जानकारी दिनुभयो ।

एसएसपी दाहालका अनुसार दुर्घटनामा परी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ । प्रहरीका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको हो । गाडीमा कसरी बिजुलीको तार खस्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।