२०८३ कार्तिक ११ गते मङ्गलवार

 दाङमा अटो दुर्घटना हुँदा ४ जना घाइते 

सांकेतिक फाेटाे

तुलसीपुर, ७ बैशाख । दाङको दंगिशरण गाउँपालिका–५ लौवस्तामा यात्रुबाहक अटो अनियन्त्रित भएर प्रतीक्षालयमा ठोक्किँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार दंगिशरण –७ बस्ने बर्ष ४९ कि राधिका बुढाथोकी, उहाँको नातिनी बर्ष ६ कि आयुशा  बुढाथोकी, १० वर्षकी कुसुम बुढाथोकी र शान्तिनगर –६ निवासी  बर्ष ४२ का बिरेन्द्र न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिनुभयो ।  रगैचाबाट तुलसीपुरका लागि छुटेको रा १ ह ५७५३ नं. को अटो दिउसो सवा ३ बजे दुर्घटना भएको थियो । अटो सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।