२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा एक महिला घाइते

तुलसीपुर, १६ चैत ।  दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगो सल्किदा जलेर एक महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–३ रानागाउँ निवासी ६० बर्षीया गोमा वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरमा खाना पकाइरहेको अवस्थामा आज बिहान पौने ९ बजेको समयमा एक्कासी उहाँको शरिरमा आगो सल्किएको हो । कपडाबाट सल्किएको आगोले पेट, कम्मर र साप्रालगाएतका शरिरका विभिन्न भगमा ३० प्रतिशत जलेको प्रहरीले जनाएको छ । उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहकको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।