२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा खाना खाइरहेको अवस्थामा एक्कासी ट्याक्टर घरभित्र छिर्दा ५ जना घाइते

तुलसीपुर, २ चैत ।  दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट ५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१७ मानपुर निवासी ५६ बर्षीय रामकृण चौधरी, उहाँका छोरीहरु २० बर्षीया प्रिमा चौधरी र २८ बर्षीया शान्ता चौधरी, सोही ठाउँका ४२ बर्षीय भक्त बहादुर खत्री र २८ बर्षीय रामजी गुप्ता रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार विजौरीबाट मानुपरतर्फ जादै गरेको लु.प्र. ००२–००१ त ००८५ नम्बरको ट्याक्टर आज बेलुका साढे ७ बजेको समयमा मानपुर नजिकै एक्कासी घरभित्र ठोक्किन जादा खाना खाइरहेका उनीहरु घाइते भएका हुन् । प्रत्यक्ष दर्शीहरुले ट्याक्टर चालकले नभई सहचालकले चलाएका कारण अनियन्त्रित भएर घरभित्र पस्न गएको बताएका छन् ।

दुर्घटना लगत्तै सहचालक र चालक फरार रहेको र ट्याक्टर साहु भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट घरसमेत भत्किएको छ । ट्याक्टर अहिले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । रामकृष्णले उक्त घरमा नास्ता पसल गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई सिटिस्क्यान गर्नुपर्ने अवस्था रहेको र तुलसीपुरमा सबै ठाउँ सिटि स्क्यान मेसिन बिग्रिएकाले पनि बाहिर पठाएको बताइएको छ ।।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।