२०८३ कार्तिक ११ गते मङ्गलवार

गाडीको ठक्करबाट एकै घरका दिदीबहिनीको मृत्यु

काठमाडौं, २३ फागुन ।  उदयपुरमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । गाडीको ठक्करबाट मृत्यु हुनेमा सप्तरीको राजविराज घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

हिजो बेलुका प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको गाडीले सदरमुकाम गाईघाटमा त्रियुगा बसपार्क जाने सडक खण्डमा डीएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीको भनाइ छ । चालक त्रियुगा नगरपालिका–९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले पक्राउ गरेको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।