२०८३ कार्तिक ११ गते मङ्गलवार

सामुदायिक वनमा दुई जना मृत फेला

काठमाण्डौं, १८ फागुन ।  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ सालघारीमा रहेको शैलेश्वरी सामुदायिक वनमा दुई जनाको शव भेटिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३२ वर्षीय देवल चौधरी र ३४ वर्षीय कैदा रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

चौधरीको शव रुखमा झुन्डिएको अवस्थामा र रानाको शव केही पर पल्टिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयबासिन्दाले प्रहरीलाई खबर गरेका हुन् । मृतक कैदा रानाका छोरा कैलास रानाको गएको भदौ महिनामा मोहना नदीमा डुवेर ज्यान गएको थियो ।।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।