काठमाडौँ, १८ फागुन । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् । प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताउनुभयो ।
घाइतेहरू भने खतरामुक्त छन् । दुर्घटनाको कारण खोजी भइरहेको छ । पुलिस कमान्डर विल्सन फ्लोरेसले उयुनी र कोलचाबिचको राजमार्गमा दुर्घटना भएको बताउनुभयो । उक्त कार्निवलमा सहभागी हुन गएका मानिसहरू दुर्घटनाको सिकार भएका थिए । प्रहरीले दुवै चालकको मदिरा परीक्षणको रिपोर्ट पर्खिरहेको छ । रिपोर्ट पोजेटिभ आएमा चालकलाई कडा कारबाही गरिने छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।