२०८३ कार्तिक ८ गते शनिवार

फोनिजलाई चलायमान बनाउन विविध कार्यक्रम गरिने पहिलो वैठकको निर्णय

तुलसीपुर, १२ फागुन । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङको नयाँ कार्यसमितिको पहिलो वैठक आइतबार सम्पन्न भएको छ । बैठकले फोनिज दाङलाइ चलाएमान बनाउन विभिन्न निर्णयहरु गरेको छ ।बैठकले फोनिज दाङमा आवद्द सदस्यहरुको डिजिटल प्रोोफाइल निर्माण गर्न फोनिज दाङका सचिव एच। आर मगरलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै निवर्तमान अध्यक्ष प्रेम बहादुर राम्जा, सचिव मेनका घर्ती र कोषाध्यक्ष अमिता चौधरीको संयुक्त नाममा रहेको खाता वर्तमान अध्यक्ष , सचिव र कोषाध्यक्षको नाममा परिवर्तन गरि अध्यक्षको हस्ताक्षर अनिवार्य गरि दुई जनाको हस्ताक्षर चल्ने गरि खाता परिवर्तन गर्ने निर्णय गरेको छ ।यस्तै फोनिज दाङको सल्लाहकारमा पुर्व अध्यक्ष सविन प्रियासन र जे। एन सागरलाइ चयण गर्ने निर्णय गरेको छ । बैठकले फोनिज लुम्बिनी प्रदेशको आगामि अधिवेशन दाङमा गर्न प्रदेश कमिटीलाई आग्रह गर्ने र सदस्यता नविकरण गर्ने जस्ता निर्णयहरु गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव जेएन सागर, फोनिज प्रदेश सदस्य शिव घर्ती मगर, थारु पत्रकार संघका निवर्तमान केन्द्रीय अध्यक्ष सन्तोष दहित, पत्रकार प्रकाश चौधरी, एग्गे बहादुर बुढा लगायतले फोनिजलाई व्यवस्थित र क्रियाशिल बनाउनुपर्ने सुझाव दिएका थिए । शाखाकी अध्यक्ष दिप्तिशिखा चौधरीको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा फोनिज दाङ का पुर्व अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो । बैठकको शहजिकरण सचिव एच।आर मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।