काठमाडौं,७ कात्तिक । बडादसैँअन्तर्गत विजया दशमीको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका र जमरा ग्रहण गर्दै आशीर्वाद लिने तथा दिने क्रमले निरन्तरता पाएको छ। विजया दशमीको मुख्य दिन बुधबार टीका थाप्न नभ्याएका सर्वसाधारण आज पनि आफन्त तथा मान्यजनका घरमा पुगेर टीका र जमरा लगाइरहेका छन्।
परिवारका सदस्य तथा आफन्तजनबीच भेटघाट गर्ने, आशीर्वाद लिने र आपसी सद्भाव साटासाट गर्ने क्रम पनि चलिरहेको छ। विजया दशमीको दिनलाई दसैँको मुख्य टीका लगाउने दिन मानिए पनि नेपाली परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने प्रचलन छ। यही परम्परालाई निरन्तरता दिँदै आज पनि सर्वसाधारण दसैँको उल्लासमा रमाइरहेका छन्।
टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहँदा चहलपहल बढ्न थालेको छ। दसैँले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सद्भाव र एकताको सन्देश प्रवाह गरिरहेको छ।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।